तरुण दल मनहरीको अध्यक्षमा स्वतन्त्र उप्रेती

तामसालिङ खबर
२७ चैत्र २०७५, बुधबार २१:३९

हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा नेपाली कांग्रेस निकट तरुण दल मनहरी गाउँ कमिटीको अध्यक्षमा स्वतन्त्र उप्रेतीको चयन भएको छ । १५ सदस्यीय तरुण दल मनहरी गाउँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रघुनाथ बर्तौला , सचिवमा चन्द्रमणि पाठक, सहसचिवमा हरिशरण शिवाकोटी र कोषध्यक्षमा सिताराम मुक्तान चयन भएका छन ।

त्यस्तै, सदस्यहरुमा पुर्ण बहादुर थिङ, विना कुमारी लामा, मिलन थापा मगर, गोबिन्द लुईटेल, राजकुमार स्याङतान, बिर बहादुर रुम्बा, धनबिर प्रजा नितु मुक्तान र शम्भु लामा लगायतको चयन भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पुर्वसभापति रघुरमण न्यौपाने,प्रबक्ता प्रदिप कोइराला, जिल्ला सचिव बुद्ध लामा, तरण दलका जिल्ला सभापति इश्वर पाठक , चार नम्बर क्षेत्रिय सभापति लोक मोक्तान, ठाकुर तितुङ लगायतको आतिथ्यता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*