ज्यामिरे कालिका वनको चुनाव बैशाख २७ गते हुने

तामसालिङ खबर
२६ चैत्र २०७५, मंगलवार २१:०२

मनहरी – मकवानपुरको ज्यामिरेकालिका सामुदायिक उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि बैशाख २७ गते निर्बाचन हुने भएको छ । निर्वाचन समितिले बैशाख २७ गतेका लागि निर्बाचन मिति तोकेको छ । निर्वाचन समितिले निर्वाचन गर्नका लागि आवश्यक तयारी थालेको संयोजक इश्वरचन्द्र रिजालले बताए । समूहको चैत्र ९ गते भएको बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गर्न नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको   हो ।

निर्वाचन सञ्चालनका लागि रिजालको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले सम्पूर्ण उपभोक्ताहरुलाई सदस्यता नवीकरणका लागि आग्रह गरेको छ ।

यसअघि हेमलाल उप्रेतीको अध्यक्षतामा सर्वसहमतिबाट नेतृत्व चयन भई काम हुँदै आएको थियो । तर बार्षिक साधारण सभामा निर्वाचनबाटै नेतृत्व चुनिनुपर्ने जिकिर गर्दै उपभोक्ता स्थानीय जनप्रतिनिधिले लगायतले धारणा राखेका थिए ।

समितिले पछिल्ला दुई बर्ष काठ लिलाम गरी आर्थिक रुपमा सबल हुँदै आएपछि समूहभित्र विवाद देखिँदै आएको छ । काठ लिलामकै सन्दर्भलाई लिएर समूहका पदाधिकारीहरुले नै तालाबन्द गरेको घटना पनि देखिएको थियो । अहिले समूहको नेतृत्वका लागि राजनीतिक रुपमा विभाजित भई तयारी थालिएको छ ।

पछिल्लो समयमा सामुदायिक वनको नेतृत्व चयनको सबालमा बामगठबन्धनभित्रै एकापसमा कुरा मिल्न नसक्दा त्यसको फाइदा गैरबामहरुले उठाउन थालेका छन् । समूहमा कूल ६५० जना सदस्य रहेको बताइएको छ ।

बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भइरहेको सामुदायिक वनको अगुवाईमा काठ चिरान मिल स्थापना हुन लागिएको बताएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्व पनि ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट हेमलाल उप्रेतीले गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*