तिनताप्केको क्रसरमा करेन्ट लागेर एकको मृत्यु
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बीरगंज बोरबीका २२ वर्षीय साहेवअली अन्सारीको करेन्ट लागेर सोमबार दिउँसो चार बजेटको समयमा घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताए ।
आरएनसी क्रसर उद्योगमा क्रेनबाट पाईप तान्दै गर्दा ११ हजार भोल्टेजको विद्युत् लाईनमा छोएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।