कामदारकाे स्वास्थ्य परीक्षणका लागि १२६ संस्थाको आवेदन

तामसालिङ खबर
२५ चैत्र २०७५, सोमबार ११:२२

काठमाडौं । मलेसिया जाने नेपाली कामदारहरुकाे स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन १२६ स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्राेतले जनाए अनुसार आवेदन दिने अन्तिम दिन आइतबारसम्म १२६ वटा संस्थाले मापदण्ड पूरा गरेकाे दाबीका साथ सूचीकृत हुन आवेदन दिएका हुन् । ती मध्ये मन्त्रालयले आवश्यक मापदण्ड पूरा भए/नभएकाे पत्ता लगाई अन्तिम स्वीकृतिका लागि संस्था गर्ने बताइएकाे छ ।

मलेसिया जाने कामदारकाे स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुले अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम र रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफर लगातयतका भौतिक एवं मानव संसाधन मापदण्ड पूरा गरेकाे हुनुपर्ने उल्लेख छ ।

ती संस्थाहरुसँग केमिकल एण्ड रिएजेन्ट डिपार्टमेन्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मृगौला परीक्षण, एचआइभी परीक्षण, ब्लडग्रुप र अन्य १४ प्रकारका परीक्षण तथा प्याथोलोजी डिपार्टमेन्ट अन्तरगत माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वाचालित इलिसा रिडर, बायोकेमेट्रि एनालाइजर, युरिन एनालाइजरलगायत १७ प्रकारका उपकरण अनिवार्य हुनुपर्ने मापदण्ड ताेकिएकाे छ ।

मलेसियासँग नयाँ राेजगार सहमति भएसँगै अब मापदण्ड पूरा गरेका जुनसुकै संस्थाले समेत कामदारकाे स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*