‘टिकटकले बिगार्यो’ बोलको गीत सार्वजनिक (भिडियो)

तामसालिङ खबर
२४ चैत्र २०७५, आईतवार १०:१०

पछिल्लो समय सामाजिक सञ्जालले समाजमा ल्याइरहेको बिकृतिलाई व्यंग्य प्रहार गर्दै निर्माण गरिएको ‘टिकटकले बिगार्यो’ बोलको गीत बजारमा आएको छ ।

गणेश अधिकारीको शब्द रहेको यस गीतमा देवी घर्ती र समिर बिष्णु खत्रीले स्वर दिएका छन् । गीतको भिडियोलाई अविरल फिल्म्सले निर्माण गरेको   छ । भिडियो हास्यरससहित उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई बिष्णु भट्टराईको निर्देशन रहेको छ ।

भिडियोमा चर्चित हास्य कलाकार यादव सापकोटा (सरापे), सुशिला निरौला (बिमली), शितल शर्मा र अर्जुन कुँवरको सशक्त अभिनय रहेको छ भने बाल कलाकारमा अविरल भट्टराई र अमृता पौडेलको अभिनय रहेको छ ।

गीतमा नारायणप्रसाद अर्याल र समिर विष्णु खत्रीको संयुक्त लगानी रहेको छ भने समिर विष्णु खत्रीले नै संगीत भरेका छन् ।

भिडियो हेर्नुस:

https://www.youtube.com/watch?time_continue=302&v=4hNfcNfanJc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*