संचारकर्मी तामाङको ‘सानी नानी’ बोलको गीत सार्वजनिक

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार १९:०७

चितवन– चितवनलाइ कर्मथलो बनाइ संचार क्षेत्रमा लागि परेका संचारकर्मी प्रकाश तामाङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मकवानपुरको राक्सिराङ्ग गाँउपालिकाको काँकडामा जन्मिएको तामाङले आफ्नो दोस्रो सांगीतिक कोसेली ‘सानी नानी’ बोलको नयाँ डान्सिङ लोकपपको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

संचार जगतमा कुशल संचारकर्मीको रुपमा आफुलाई स्थापित गर्न उनि पछिल्लो समयमा निकै संघर्ष गदै आइरहेका उनि गीत गाउनमा पनि उतिकै माहिर छन । गायक तामाङको गीतमा अहिलेका युबाहरुमा देखिएको माया प्रितीलाई समेटिएको छ । प्रकाश तामाङको आफ्नै शब्द, संगीत, र स्वर रहेको सो गीतको भिजन फिल्म्स स्टुडियोले छायांकन गरेका छन ।

एलेक्स गोले तामाङले निर्देशन र निरज महतोको सम्पादन गरेको गीतमा ‘द कोन्ज्योसोम क्रु’का टिम सहित एलेक्स गोले र रुपा घिमिरेको अभिनय रहेको छ । उनले सामाजिक सन्जालमार्फत पहिलो गीत ‘तिम्रो मेरो’ बोलको सार्वजनिक गरिसकेको छ। म जस्तै नया कलाकारलाई श्रोताहरुको साथ र सर्पोटको खाचो रहेकोले आगामी दिनहरुमा राम्रा कोसेलि ल्याउने बाचा गरेका छन ।

भिडियो हेर्नुस :

https://www.youtube.com/watch?v=LlcggvFduHI

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*