बैशाख १६ देखि छार ग्यालम, प्रिमियर सो राष्ट्रिय नाचघरमा हुने (भिडियो)

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार ११:५१

काठमाडौ– तामाङ कथानक चलचित्र ‘छार ग्यालम’ अर्थात् नयाँ बाटोको ट्रेलर रिलिज गरिएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलनमा ट्रेलर सर्बाजानिक गर्दै बैशाख १६ गते देखि प्रदर्शन ल्याउने चलचित्र युनिटले जनाएको छ । तामाङ र नेपाली दुवै भाषामा रहेको चलचित्रको प्रिमियर प्रदर्शन भने राष्ट्रिय नाचघर जमलमा गरिने बताएको छ ।

तामाङ समुदायको रहनसहन, भेषभुषा, रीतिरिवाज, परम्परा अनि मौलिक संस्कृतिलाई विषयवस्तु बनाइ सामाजिक सरोकारमा रही चलचित्र मसलेदार बनेको निर्माण पक्षले जनाएको छ । कोशीपारी फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रलाई दीपा लामा वाईबा र पविना तामाङले निर्माण गरेका   हुन् ।

धन बहादुर तामाङको कथा तथा निर्देशनमा रहेको उक्त चलचित्रमा राजु किराँतको द्वन्द, तुल्सी बास्कोटा सम्पादन र लक्ष्मण घिमिरेको छायांकन रहेको छ । चलचित्रमा कुमार मोक्तान, राहुल मोक्तान, सुनिता लुङ्बा, संगिता दोङ लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

काभ्रे, काठमाडौं र मकवानपुरको हेटौंडा लगायतको रमणीय स्थानहरुमा छायांकन गरिएको चलचित्रमा तीन वटा गीतहरु समेटिएको छ । रुपेन मोक्तान, सुदिप न्यासुर, राहुल मोक्तनको शब्द प्रयास दोङको संगीतमा रहेको गीतमा विशाल काल्तान जितु लोप्चन, सुरेश लामा, बिबिता पाख्रिन, पुर्णिमा लामाको आवाज रहेको छ ।

डिजिटल प्रबिधिमा अन्य चलचित्र भन्दा फरक कथावस्तु समेटिएर निर्माण गरेको चलचित्रमा माया प्रेमका साथै समाजमा हुने बिभिन्न समस्यालाई दर्शाएको निर्माण पक्षको दाबि छ ।

भिडियो हेर्नुस:

https://www.youtube.com/watch?v=mc_CkE5OSKc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*