बार एशोसिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित

बारमा बामपन्थीको बर्चश्व
तामसालिङ खबर
२२ चैत्र २०७५, शुक्रबार १०:३०

काठमाडौं : नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । लोकतन्त्रवादी समूहका सुनीलकुमार पोखरेललाई १४९ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । महासचिवमा लोकतन्त्रवादी समूहका लिलामणि पौडेल विजयी भएका छन् ।

अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिमा २२ पदसहित प्रगतिशिल समूहले वर्चस्व कायम गरेको छ। महासचिव, एक उपाध्यक्ष र एक जनजाती पदमा लोकतन्त्रवादी समूहले जितेको छ । निर्वाचन समितिका संयोजक दामोदर खड्काले बिहीबार साँझ बार निर्वाचनका परिणाम घोषणा गरेका हुन् ।

अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी पोखरेलले तीन हजार आठ सय ७३ मत पाए । महासचिवमा पौडेलले चार हजार एक सय ७८ मतसहित विजयी भए । पौडेलका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र थापाले तीन हजार सात सय एक मत ल्याएका छन् । निर्वाचनमा महासचिवका प्रतिस्पर्धी पौडेलले बढी मतअन्तर (४७७) ले विजयी भएका छन् ।

त्यस्तै, प्रदेश १ उपाध्यक्षमा मानबहादुर रुम्दाली, प्रदेश २ उपाध्यक्षमा रामचन्द्र सिंह, प्रदेश ३ उपाध्यक्षमा ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेश उपाध्यक्षमा सुरेन्द्र थापामगर, प्रदेश ५ उपाध्यक्षमा लोकतन्त्रवादीतर्फ सुनीलकुमार श्रेष्ठ, कर्णाली प्रदेश उपाध्यक्षमा मीनबहादुर महत, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उमेशप्रसाद विष्ट, महिला खुलामा रक्षा बस्याल र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल विजयी भएका छन् ।

यस्तै दलित सदस्यमा मोहन साशंकर, उपत्यका बाहिर मधेसी मुस्लिम सदस्यमा पञ्चनारायण मण्डल, मधेसी मुस्लिम खुला सदस्यमा लोकतन्त्रवादी समूहका मनोजकुमार चौधरी, उपत्यका बाहिर आदिवासी जनजाती सदस्यमा विनाकुमारी सिंह चौधरी, आदिवासी जनजाती खुला सदस्यमा बद्रीनारायण नगरकोटी, उपत्यका बाहिर सदस्य महिलामा कल्पनाकुमारी भण्डारी, महिला खुला सदस्यमा अन्जु कायस्थ र उपत्यका बाहिर खुला सदस्यमा डा.शिवराज पण्डित विजयी भए।

यस्तै ६ जना खुला सदस्यमा पनि प्रगतिशिल समूहकै गंगासागर खत्री, भीमसेन वञ्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी विजय भएका छन् ।

बार निर्वाचनमा सबैभन्दा कम मतअन्तरमा लोकतन्त्रवादी समूहका सदस्य उम्मेदवार चौधरी विजयी भएका छन् । उनले ६ मतले मत्र जितेका छन् । निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले न्यायापालिका सुधारमा आफूले सशक्त भूमिका खेल्ने बताए ।

अध्यक्षका प्रत्यासी पोखरेलले निर्वाचन एउटा प्रक्रिया रहेको बताउँदै न्यायापालिकाको श्रीवृद्धिका लागि श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई बधाई दिएका छन्। ‘हाम्रा सहयोगी हातहरू सदा यहाँहरूको साथ रहनेछ’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्। अन्नपुर्ण पोस्टमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*