अखिल (क्रान्तिकारी) मकवानपुर द्वरा आयोजित वक्तित्वकला प्रतियोगितामा सुशील न्यौपाने प्रथम

तामसालिङ खबर
५ फाल्गुन २०८१, सोमबार २३:०२

हेटौंडा । ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित अखिल (क्रान्तिकारी) मकवानपुरले वक्तित्वकला प्रतिजोगिता आयोजना गरेको हो ।

फाल्गुन ४ गते मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा २० जना प्रतिस्पर्धिहरुको सहभागीता रहेको थियो । प्रत्येक बक्तालाइ ५ मिनेटको समय निर्धारण गरिएको थियो ।

वक्तित्वकला प्रतिजोगितामा प्रथम स्थान हासिल गर्न सफल मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत छात्र सुशील न्यौपानेले नगद रु.५०००(पाच हजार) सहित प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय स्थानमा सफल हुन बंशगोपाल मल्टिपल क्याम्पसमा अध्यनरत छात्र रौनक घिमिरेले नगद रु.३००(तिन हजार) सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरि तृतीय स्थान हासिल गर्न सफल सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलमा अध्यनरत छात्र आदित्य पराजुलीले नगद रु.२०००(दुई हजार) सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यस वक्तित्वकला प्रतियोगितामा प्रमुख अतिथिको मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिब ज्वाला वीर बहादुर घलान (ज्वाला) ले जनयुद्धले लेराएको ऐतिहासिक परिवर्तन आम युवा एवम् सम्पुर्ण नेपाली जनताले मनन गर्नुपर्ने बताउनुभयो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, तानाशाही राजतन्त्रविरुद्ध क्रान्ति एवम् जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सहिदहरूको सम्झनामा येस्ता कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनु भयो ।

त्यसै गरि उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भुमिकामा निमेष निखिल, दिपक राज मिस्र र पुर्सोत्तम पुडासैनीले गर्नुभएको थियो ।

साथै कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय उपमहासचिव निर्मला गौतम, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य सुभरत्न गोले, अखिल(क्रान्तिकारी)बागमती प्रदेश सदस्य पुस्पा सुनार,अखिल(क्रान्तिकारी)मकवानपुर जिल्ला सहसचिव अभ्युदय खनाल, सुजन सिलवाल,सदस्य प्रचण्ड बैजु,राहुल डिमडुङ, मिनेश पुडासैनी, प्रकाश मिजार, नबिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) मकवानपुर जिल्ला समिति अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षमा भएको कार्यक्रम थियो भने कार्यक्रम संचालन मकवानपुर जिल्ला सचिब छोइसाङ लामाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*