प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव आजदेखि शुरु

तामसालिङ खबर
४ फाल्गुन २०८१, आईतवार २१:३८

अनिल बसेल 

हेटौंडा । ०४ फाल्गुन/ हेटौडा १३ पदमपोखरी स्थित लोकतान्त्रिक चोकमा प्रथम सांस्कृतिक महोत्सव पदमपोखरी आज देखी उद्घाटन भएको छ । संस्कार, संस्कृति, साहित्य र कलाको जगेर्ना गरौ, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं, भन्ने मुल नाराका साथ यस पदमपोखरी सांस्कृतिक महोत्सव आयोजना गरीएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य हेटौंडा १३ का वडा सदस्य उत्तम गोम्जाले दिएका थिए । गोम्जाले हेटौंडा १३ का स्थानीय तहका उत्पादनलाई प्रवर्द्धन गर्नको निमित्त यस महोत्सव आयोजना गरिएको बताए ।

हेटौडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष पेम्बा लामाले यस महोत्सवले यस क्षेत्रको उत्पादन र बजारीकरणको अवधारणा एउटा लिएको छ । यस वडा भित्र रहेका स्थानीय व्यापार कृषि उपज अन्तर्गत देखिएका उत्पादनलाई प्रवर्धन गर्ने र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउने एउटा स्तम्भ बनाउने प्रयास यस महोत्सवले गर्ने अध्यक्ष लामाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाले शुभकामना मन्तव्य राख्दै यस वडामा रहेको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र यहा उत्पादन भएका कृषि उपज अन्तर्गत देखिएका उत्पादनलाई प्रवर्धन गर्ने यस क्षेत्र पदमपोखरीको आफ्नो पहिचानलाई एउटा उचाइमा उठाउन आन्तरिक पर्यटनलाई थप टेवा पुर्‍याउने समेत बताए ।

महोत्सवमा स्थानीय परम्परागत रहेका उपयोगी उपभोक्ता कृषि उपज सामग्रीहरू, आधुनिक सीपमा विभिन्न सामान उत्पादन, बाँसजन्य सामग्री बाट बनेका, परालका चकटी, खोस्टाका पिरा, परालको ढाकी, गुन्द्रुक, विविध सामानहरू, र महोत्सवलाई अवलोकन गर्न आएका व्यक्तिहरूको लागि पूर्णलक्षित विभिन्न खानाका परिकारहरू समेत रहेको छ ।

महोत्सवलाई साङ्गीतिक बेजोड प्रस्तुति दिन आज पहिलो दिनमा सांस्कृतिक कार्यक्रममा कलाकारहरु टिका बोम्जन, प्रकाश तामाङ्ग, केसर सिं मोक्तान, नन्द किशोर, लाभास ब्याण्ड, महेन्द्र मा.वि. को नृत्य, झाँक्री नाच लगायत विभिन्न सांस्कृतिक कोसेली प्रस्तुति रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिमा नेसपा केन्द्रीय कार्यकारिणी सदस्य सोविन थिङ्ग लगायत राजनीतिक दलका नेता, टोल विकास समिति अध्यक्षहरु, सघं संस्था प्रतिनिधि एवम अन्यको उपस्थिती रहेको थियो ।

हेटौंडा उपमहानगर‌पालिका वडा नं. १३ का वडा सदस्य रञ्जु गोम्जाको संयोजकमा कार्यक्रम भएको हो । प्रथम पदमपोखरी महोत्सव उद्घाटन पानसमा बत्ती बालेर हेटौंडा उपमहानगरपालिका उपप्रमुख कार्यक्रमका प्रमुख अतिथी राजेश बानियाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*