राप्रपा नेपाल मकवानपुर संगठन सुदृढीकरणमा, तोक्यो जिम्मेवारी
हेटौंडा । राप्रपा नेपाल मकवानपुर जिल्ला कार्यसमितिको आजको बैठकले जिल्लाका सम्पुर्ण स्थानीय तहहरुको अधिबेशन गर्ने निर्णय गरेको छ । हिजोको बैठकले अधिको निमित्त जिम्मेवारी समेत तोकेको छ ।
आजको बैठकले थाहा नगरमा राधाकृष्ण बिष्ट, बागमती गाउपालिकामा दिल बहादुर बल, मकवानपुरगढीमा रमेश प्रसाद चौलागाईं, मनहरी गाउपलिकामा शान्ति बुलुनलाई अधिबेशन सम्पन्न गर्ने संयोजकको जिम्मेवारी तोकेको छ । संगठन सुदृढीकरण अभियान संचालन गर्ने, स्थानीय तहको अधिबेशन सम्पन्न गर्ने , भातृ संगठनलाई चलायमान र कृयाशिल बनाउने, सकृय सदस्यता बितरण सघन रुपमा संचालन गर्ने बिषयमा बैठकमा छलफल भएको राप्रपा नेपाल मकवानपुरका सचिब भृगु कार्किले कानकारी दिए ।