समाजसेवी डिसीको पहलमा ३५ विद्यार्थीलाई न्यानो कपडा

तामसालिङ खबर
७ माघ २०८१, सोमबार २०:१८

राक्सिराङ । समाजेसवी तथा युवा नेता बिरेन्द्र डिसीको पहलमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ का विपन्न बिद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ । मकवानपुर गाइज संस्थाले सुर्योदय माविमा अध्ययनरत ३५ जना विपन्न बिद्यार्थीका लागि न्यानो सामाग्री सहयोग गरेको हो ।
आइतबार बिद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयको छात्राबासमा बसेर अध्ययन गर्ने बिद्यार्थीहरुलाई जाडोमा ओड्ने ब्ल्याङकेट र टोपीलगायत सामाग्रीहरु सहयोग गरिएको हो ।
छात्राबासमा बस्ने विद्यार्थीलाई जाडोमा ओड्ने ओछ्याउने सामाग्रीकै अभाव रहेको थाहा पाएपछि सहयोग गरिएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डिसीले बताउनुभयो । उहाँले समस्यामा परेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आफु् र आफ्नो सस्थाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गर्नकै लागि मकवानपुर गाइज सुरु गरिएको बताउँदै उहाँले यस किसिमको सहयोग देशैभरि गरिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीले बिद्यार्थीहरुलाई समस्या परेपछि आफुले सहयोगका लागि आग्रह गरेको बताउनुभयो ।
राक्सिराङ गाउँपालिका ३ नं. वडा कार्यालयको वडाअध्यक्ष उत्तम वाइबाको बिशिष्ट आतिथ्यतामा सहयोग वितरण कार्यक्रम गरिएको हो । कार्यक्रममा मकवानपुर गाइजका लक्ष्मण कँडेल, बद्री दुलाल, खडग चौलागाई, नविन डिसी, सुर्योदय माविको सहायक प्रधनाध्यापक सुरेन्द्र लामालगायत शिक्षक, बिद्यार्थीलगायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*