थाहाको नगरसभा सम्पन्न, जनमुखी गान बिद्यालय र विशेष कार्यक्रममा बजाईने

तामसालिङ खबर
२६ पुष २०८१, शुक्रबार २२:४९

हेटौंडा।  २६ पौष/थाहा नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ ।

शुक्रबार थाहा नगरपालिकाको जेसीज हलमा भएको नगरसभाले चालु आर्थिक वर्षको समिक्षाका साथै गत सभाले पारित गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा संसोधन गरेको छ ।

सभामा चालू आर्थिक बर्षमा भएको वित्तीय तथा भौतिक प्रगतिका सम्बन्धमा जानकारी दिईएको थियो ।

साथै गत असोज ११ र १२ गतेको बाढी पहिरोले निम्त्याएको बिपदले नगरभित्र पुर्याएको नोक्सानीका कारण बिपद प्रतिकार्यको लागि वडाहरुमा बिनियोजित बजेट लगायत बिबिध कारणले बजेट शीर्षक र रकम संशोधन गर्नको निम्ती हिउँदे अधिवेशन आयोजना गरिएको वडा नम्बर ३ का अध्यक्ष एवम् प्रबक्ता हिरेन्द्रकुमार रायमाझीले बताए ।

नगरप्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न नगरसभामा  उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु, नगरसभा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख एवम् कर्मचारीहरुको उपस्तिथि रहेको थियो।

नगरसभामा  नगरप्रमुख बिष्टले आर्थिक बर्ष २०८१/०८२ को समिक्षा वक्तव्य प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ को कुल विनियोजित बजेट ९६ करोड ६५ लाख मध्ये पौष २३ गते सम्म चालू तर्फ ३३.४ प्रतिशत र पुँजिगत तर्फ ११.२४ प्रतिशत वित्तिय प्रगति भएको विवरण प्रस्तुत गर्दै वार्षिक लक्ष्यको ३०.५३ प्रतिशत राजस्व संकलन भएको विवरण प्रस्तुत गरे।

नगरसभा बाट नगरपालिकाको अहिले सम्म आर्थिक विकास तर्फ १९.६९ प्रतिशत वित्तीय प्रगती भएको सामाजिक बिकास तर्फ ३३.०६ प्रतिशत,पुर्वाधार बिकास तर्फ १०.५८ प्रतिशत बन बाताबरण तथा विपद व्यवस्थापन तर्फ ८.०७ प्रतिशत र शुशासन तथा संस्थागत विकास तर्फ २९ प्रतिशत प्रगती भएको प्रतिवेदन प्रस्तुत गरियो ।

नगरसभाले वडा नम्बर ३ का अध्यक्ष एवम् थाहानगरपालिकाका  प्रबक्ता हिरेन्द्र कुमार रायमाझीले ‘रुपचन्द्र बिष्टको जनमुखी गानलाई नगरपालिका भित्रका सबै विद्यालय र विशेष कार्यक्रममा बजाउने’  प्रस्ताव पास गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*