मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी अनिल अग्रवालको सन्देश
हेटौँडा । पुष १०/ म व्यवसाय मात्र होइन, व्यवसायीहरूको स्वास्थ्य र कल्याणप्रति पनि समान रूपमा संवेदनशील छु । यसै क्रममा, मकवानपुरका प्रतिष्ठित व्यवसायी, पौडेल घडी र रेडियोका संचालक राजीव पौडेलज्यूको स्वास्थ्य अवस्था बुझ्न म उहाँलाई भेट्न पुगेँ । व्यवसायी समुदायका हरेक सदस्यको स्वास्थ्य, खुशी, र प्रगतिमा मेरो ध्यान सधैं केन्द्रित रहनेछ ।
राजीव पौडेलज्यूजस्तो व्यवसायीहरू हाम्रो समाजका प्रेरणाका स्रोत हुन् । उहाँको स्वास्थ्य लाभका लागि मेरो पूर्ण कामना छ । अध्यक्ष पदको प्रत्याशीको रूपमा, मेरो उद्देश्य केवल निर्वाचन जित्नु मात्र होइन, हरेक व्यवसायीको साथी र समस्यामा साथ दिने अभिभावक बन्नु हो ।
व्यवसायको प्रगति र आर्थिक समृद्धिको यात्रामा, व्यवसायीहरूको स्वास्थ्य, हक, र हौसलाको ख्याल राख्नु मेरो प्राथमिक दायित्व हो । हामी सबै मिलेर एकअर्काको सहकार्य र माया–ममता बाँड्दै मकवानपुरलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउँछौं ।
“व्यवसायीको आवाज, व्यवसायीको सुरक्षा, र व्यवसायमैत्री संघ हाम्रो साझा संकल्प ।” रहेको अग्रवालले बताएका छन् ।