तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्षमा ज्ञानेन्द्र तामाङको नेतृत्व

तामसालिङ खबर
२२ मंसिर २०८१, शनिबार २०:१५

मसिंर, हेटौंडा – तामाङ पत्रकार संघ बागमती (नेवाः ताम्सालिङ) प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बागमती (नेवाः ताम्सालिङ) प्रदेशको राजधानी हेटौंडामा संघको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले चितवनका ज्ञानेन्द्र तामाङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा, उपाध्यक्ष पदमा काभ्रे जिल्लाबाट जगतमान तामाङ, सचिवमा मकवानपुरबाट दिल बहादुर लामा, सह-सचिवमा काठमाडौंबाट मायालु लामा र कोषाध्यक्षमा दोलाखाबाट पेमा लामा दोङ लगायतका पदाधिकारी चयन भएका छन्।

सदस्य पदमा क्रमशः काठमाडौबाट श्यामलाल लामा, दोलाखाबाट फुर्वा तामाङ, मकवानपुरबाट नवराज वाईबा, चितवनबाट बबिलाल तामाङ र काभ्रेबाट विकास वाईबा चयन भएका हुन्। यस्तै, बाँकी कार्यसमिति सदस्य पछि मनोनित गरिने निर्णय गरिएको छ।

अधिवेशनले रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई तामाङ समुदायको विकास, उत्थान र परिवर्तनमा सञ्चार क्षेत्र तथा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै नगद सहित सम्मान गरेको थियो । संघको स्थापना कालदेखि विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरि महत्वपूर्ण योगदान दिँदै आएको भन्दै संघको चितवन शाखालाई उत्कृष्ट जिल्ला शाखाबाट नगद सहित सम्मान गरिएको थियो। यस्तै, अधिवेशनमा समन्वयकारी भुमिका निर्वाह गर्ने संघको मकवानपुर शाखालाई भने कदर पत्र प्रदान गरिएको थियो।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको अधिवेशने उद्घाटन सत्र कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रिय उपाध्यक्ष नेत्र तामाङ र रेडियो नेपालका कार्यकारी निर्देशक लामाको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै, कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रिय सचीवद्वय शिशिर दोङ र उर्गेन तामाङ, केन्द्रिय सदस्यद्वय आदर्श थोकर र हिरामान बल, नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य लक्ष्मी पाख्रीन, घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, पेस चौतारी नेपाल केन्द्रिय सदस्य हरि हुमागाईं, समाजवादी प्रेस संगठन केन्द्रिय सदस्य शिव कुमार कासी, नेपाल पत्रकार महासंघ मकवानपुर सह-सचीव एमपी शर्मा, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, नेपाल प्रेस युनियन मकवानपुर निवर्तमान अध्यक्ष कुमार अधिकारी पोष्टराज, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाईं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष अशोक सुजन श्रेष्ठ र मकवानपुर तामाङ कलाकार संघ अध्यक्ष धिरेन लामा र तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान लगायतका उपस्थिति थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*