हल्का मुड बनाउदै छु

तामसालिङ खबर
५ मंसिर २०८१, बुधबार ०८:३३

शंकर सिंह ठकुरी

आज हल्का मुड बनाउदै छु
सुख दु:खका पलहरु सम्झि
जिवनकाे मध्यान्तरमा पुनरावलोकन गर्दै छु
याे रात तिनै सम्झनाहरुमा केन्द्रित हुदै कटाउदै छु ।

सुख दु:ख बराबरी नै आए जीवन मा
न त दु:खमा आत्तिय छु
न त सुखमा नै मात्तिय छु
दिन पछि रात र रात पछि दिन हुन्छ भन्ने सम्झेर सबै कुराहरू टारी हिडे छु ।

कयौं पटक म पनि लडेकाे छु जीवन मा
कहिले हिड्न नजानेर लडे
कहिले ताैर तरिका नजानेर लडे
कहिले अरुलाई आफनाे सम्झि बाटो दिन खाेज्दा बदलामा आफै लडे

तर पनि
लडे पछि आफै उठ्नु पर्छ भन्ने मान्यतालाई आत्मासाथ गरि उठेकाे छु । खडा भए काे छु , हिडेकाे छु
अब लडुला या नलडुला जीवन मा
लडे भने पनि याे पटक सजिलै संग उठ्न जानेकाे छु सिकेकाे छु ,

आज हल्का मुड बनाउदै छु ।
याे रात तिनै सम्झनाहरुमा केन्द्रित हुदै कटाउदै छु ।…

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*