उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले बललाई उम्मेद्वार बनाउने

तामसालिङ खबर
२५ कार्तिक २०८१, आईतवार १७:३३

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो।

हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका वललाई रास्वापाको उमेद्वार पाएकाछौ, आशा बिर बल सक्षम उमेद्वार हुनुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे ।

‘हाम्रो उमेद्वावार पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’ रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भने । ‘यो पल्ट हेटौडा– १२ नम्बर का जनता सचेत छन् । पक्कैपनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौ।’ उनले थपे ।

यसैगरि अन्य उम्मेद्वारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*