जसपा मकवानपुरद्वारा ११ बर्षको लागि दुई निलम्बन
हेटौंडा – जनता समाजवादी पार्टी नेपाल मकवानपुरको जिल्ला कार्यसमितिको बैठकमा छलफल गरी प्रस्ताब नं.१ मा जिल्ला पार्टी सदस्यको लागि विजय स्यांगतान लाई सिफारिस गरि पठाएकोले विजय स्यांगतान लाई जिल्ला पार्टी सदस्यमा मनोनित गरियको बिज्ञप्ति मार्फत जानकारी दिएको हो ।
प्रस्ताब नं.२ मा कारवाही सम्बन्धमा छालफल गर्दा जसपा नेपाल को बिधान-२०८० बमोजिम परिच्च्छेद -२७ अनुशासन सम्बन्धि कारवाही र पुनराबेदन, को धारा-१२७ को आचारसंहिता तथा अनुशासन उल्लङ्घन, को नियम.१,६,७,९,१०,११ उल्लघन गरेकोले, त्यस नियमको कारवाही धारा-१२८ अनुशासन सम्बन्धि कारवाही, प्रक्रिया अघि बढाउन मुनासिब देखिएकोले पार्टी संगठित सदस्य जीवन पाखिन लाई धारा-१२८ अनुशासन संबन्धि कारवाही प्रक्रियाको नियम-५ अनुरुप पार्टी सदस्य बाट १ बर्ष को लागि निलम्बन गर्ने निर्णय गरियको र, साथै जसपा नेपाल हे.उ.म.न.पा समिति उपाध्यक्ष सुब्बा सिंग तामाङ्ग ले पनि धारा-१२७ को आचारसंहिता तथा अनुशासन उल्लंघन को नियम. १,४,६,७,९,१०,११ उल्लङ्घन गरेकोले धारा-१२८ अनुशासन संबन्धि कारवाही प्रक्रिया को नियम-५ अनुरुप पार्टी सदस्य बाट १ बर्षको लागि निलम्बन गर्ने निर्णय गरिएको जिल्ला पार्टीले बताए ।
प्रस्ताब नं ३ चेतावनी सम्बन्धमा छलफल गर्दा जसपा नेपालको ४ महिने संगठन बिस्तार तथा सुद्रिढीकरण कार्यक्रम पार्टी को बिधि बिधान आचारसंहिता बिपरित कार्यमा संलग्न देखिएको ले केन्द्रीय सदस्य मेजरमान मोक्तान, उत्तम गोम्जा, दिल बहादुर रुम्बा र जीवनमान मोक्तान लाई अब उपरान्त यस्तो पार्टी बिधि बिधान बिपरित कार्य नगर्न र कुनै कार्य गर्दा आचारसंहितामा रही गर्न सुझाब सहित निर्णय दिएको बताए, यदि आचारसंहिता उल्लङ्घन गरेमा पार्टी बिधि बिधान अनुरुप भइ जाने भनि निर्णय गरिएको बताए ।
त्यसै गरी प्रस्ताब नं. ४ मा पार्टी आचारसंहिता संबन्धि, प्रस्ताब नं.५ जिम्मेवारी बाट हटाउने संबन्धि, प्रस्ताब नं.६ मा राजिनामा स्वीकृत संबन्धि लगायत निर्णय गरेर बिज्ञप्ति मार्फत जानकारी दिएको बताए ।