चैनपुरमा कपाल काट्ने शैलुन सन्चालन, अध्यक्ष मल्लद्वारा उद्घाटन
कार्तिक, हेटौडा (राक्सिराङ्ग) – चेपाङ युवाहरुको सक्रियतामा राक्सिराङ्ग गाउँपालिकाको मुकाम चैनपुरमा पहिलो पटक कपाल काट्ने शैलुनको स्थापना भएको छ ।
राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा स्थानिय ५ जना चेपाङ्ग युवाहरुले शैलुन सन्चालनमा ल्याएका छन् । शैलुनको सोमबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गरि १ लाख ४० हजार बराबर आवश्यक सामग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।
अब कपाल काट्न एक हजार सम्म खर्च गरेर मनहरी बजार पुग्नुपर्ने बध्ययता हटेको अध्यक्ष मल्लले बताउनुभयो। विभिन्न तालिम सिकाई पछि उद्यमी बन्न चाहनेहरुलाई स्थानीय सरकार सहयोग गर्दै आएकोले काममा निरन्तरता दिएको खण्डमा आगामी दिनमा थप सहयोग रहने ब्यक्त गर्नुभयो ।
गरिवी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत व्यावसायिक योजनाको आधारमा छनोट भएका प्राविधिक सिप विकास तालिम प्राप्त ५ जना स्थानीय युवाहरुको आवश्यक सामग्री हस्तान्तरण सहित शैलुन उद्घाटन गरिएको लघु उद्यम शाखाका प्रमुख मान सिं घलानले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, सुचना प्रबिधि अधिकृत रोमन पुडासैनी, लघु उद्यम शाखाका प्रमुख मान सिं घलान लगायतको उपस्थिति रहेको थियो ।