माओवादी निकट जनवर्गीय संगठन द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

तामसालिङ खबर
७ कार्तिक २०८१, बुधबार २२:२७

हेटौंडा, ०७ कार्तिक/ बागमती प्रदेश राजधानी हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो ।

वाईसीएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मोक्तानले शुभकामना ब्यक्त गर्दै वर्तमान सरकारले जनभावना अनुरुप काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एवम मकवानपुर इन्चार्ज विजय गाैतम, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी(छिन्तु), प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण दाहाल, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष जयराम राय्स्माझीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यहरु प्रह्लाद लामिछाने, प्रमिला पुलामी (श्रद्धा), मान कुमारी पाख्रीन, प्रदेश कमिटी सदस्यहरु सर्केश घलान, जीवन गोले, शुभरत्न गोले, जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान (ज्वाला), प्रदेश कमिटी सदस्य बिबेक राई, वाईसीएल केन्द्रिय सचिब सुमन पाख्रीन, जेष्ठ कम्युन मन्चका केन्द्रिय सदस्य रामहरी सुबेदी अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव प्रदिप अर्याल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*