जसपा नेपाल मकवानपुरले पनि ४ महिने अभिमुखिकरण कार्यक्रम उत्साह पुर्ण ढंगले गर्यो सुरुवात

तामसालिङ खबर
७ कार्तिक २०८१, बुधबार २१:५४

हेटौंडा । ७ कार्तिक/ जनता समाजवादी पार्टि नेपाल कन्द्रिय समितिको निर्णयार्थ परिपत्र, अनुसार देशव्यापी चार महिने अभियान अन्तर्गत गाउ गाउ शहर शहर जसपा घर घर जसपा भन्ने नाराका साथ संगठन सुदृढिकरण तथा अभिमुखिकरण कार्यक्रममा आज देखी मनहरी गाउपालीकामा सुरुवात गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथीमा जनता समाजवादी पाटी नेपालका केन्द्रिय सदस्य मेजर मान मोक्तानले संघियता, सुशासन, संवृद्धि, समाजवाद को मुल नारालाई टेकेर टोल वडा र पालिकामा पाटीको विधि विधानमा बसेर अगि बढ्न पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिमा उत्तम गोम्जा, जिवन मान मोक्तान, यसकुमार प्रजा, जिवन पाख्रिन, सुबास दोङ्ग लगायत अन्य पार्टीको नेताहरुको उपस्थिती रहोको थियो ।

दिल बहादुर रुम्बाको सभाध्यक्षमा कार्यक्रम सम्पन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*