काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

तामसालिङ खबर
२ कार्तिक २०८१, शुक्रबार १२:१२

हेटौंडा । काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।

शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो ।

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको प्रहरीको भनाइ छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो ।

सडकखण्ड आजबाट तीन दिनसम्म बन्द हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचनामा दिएका छन ।

सवारी साधन वैकल्पिक सडकको रुपमा हेटौंडा-पालुङ-काठमाडौँ र कान्तिलोकपथको हेटौँडा-ठिगन-काठमाडौं सडक प्रयोग गर्न पनि प्रहरीको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*