विपत्ति बारे जिल्ला प्रशासन ललितपुरको विज्ञप्ती, स्थानीय तहसँग बैठक

तामसालिङ खबर
१३ आश्विन २०८१, आईतवार १७:४६

हेटौंडा। जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर जिल्लाका सबै स्थानीय तहसँग आज आइतबार बैठक बसेको छ। शुक्रबार अविरल बर्षाका कारण भएको विपत्ति र मानवीय तथा भौतिक क्षति बारे छलफलका लागि प्रशासनले आफ्नो ६ वटै स्थानीयसँग बैठक बसेको हो ।

बैठकमा सबै स्थानीय तहका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता लगायत जनप्रतिनिधिहरु सहभागी भएको महाङ्काल गाउँपालुका, प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले जानकारी दिए। उनका अनुसार विपद् बाट सम्बन्धित गाउंपालिका लगायत जिल्ला भित्रका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ।

ललितपुरमा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका गरि ६ स्थानीय तह छन्। जसमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वागमती गाउँपालिका र माहाङ्काल गाउँपालिका हुन्।

यस्तै, आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरले निरन्तर भइरहेको अविरल वर्षाका कारण ललितपुर जिल्ला लगायत देशका अधिकांश भागहरुमा ठुलो मात्रामा जनधनको क्षति भैरहेको विवरण प्राप्त हुन थालेको भन्दै विज्ञप्ति जारी गरेको छ।

हालसम्म ललितपुर जिल्लामा विपद्का घटनाबाट मृत्यु हुनेको संख्या १८, बेपत्ता हुनेको संख्या १२ रहेको र वेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*