नेकपा माओवादी केन्द्र हेटौंडा १२ को चौथो वडाको पूर्ण बैठक सम्पन्न

तामसालिङ खबर
७ आश्विन २०८१, सोमबार ०७:५८

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा १२ नं. वडा समितिकाे चौथो वडा पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन तयारी निमित्त ५ पाच वटा साबिकमा संयोजक सहसंयोजकको रुपमक कमान्डर खटाई कार्यक्रमहरु गर्ने निर्णय गरिएको हो । साबिक ७ काे कमान्डर अउतार सिं गाेले, साबिक ४ काे कमान्डर घेसे दोर्जे बल, नवराज घलान, यशोदा खनाल, साबिक ८ काे कमान्डर ठाकुर थिङ, प्रकश घले, साबिक ९ काे कमान्डर यज्ञ बा. मुक्तान, अशाेक दुलाल, साबिक ५ काे कमान्डर रबिन प्रधन, मिलन थिङ, त्यस्तै युवा तथा Ycl परिचालन निमित्त कृष्ण थिङ्ग (तिलक) कमान्डर, विद्यार्थी परिचालन निमित्त अनिल बसेलको कमान्डर, महिला कमान्डर पार्बती घलान, दलित कमान्डर राजु बिक, कुल बा.बिक, राजकुमार घिमिरे, किसान कामन्डर राम प्रसाद पौडेल, पुर्ब pla कमान्डर बुदि भाेम्जन, शिक्षक/बुदिजिबि कमान्डर सुवास थापा, कमल लामा, प्राविधिक बिभाग कमान्डर अनिल बसेल, मजदुर कमान्डर रामहरि पाेखरेल, तामाङ्ग समुदाय कमान्डर सुरेश घलान लगायत रहेका छन ।

प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा हुने उप निर्वाचनको तयारीमा जुट्न अब लाग्न आग्रह गरेका छन । आइतबार बैठकमा सम्बोधन गर्दै उनले मङ्सिर १६ मा उपनिर्वाचन हुने भएको हुनाले जितको तयारीमा लाग्न आग्रह गरेका छन ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पद रित्त रहेको छ । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाअध्यक्षमा दोश्रो पटक ललित घलान निर्वाचित भएका थिए । उनले वडाअध्यक्षबाट राजिनामा दिएर जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि सो पद रित्त रहेको हो ।

विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, अतिथिमा मकवानपुर जिल्ला सचिव वीर बहादुर घलान (ज्वाला), नेकापा माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिवालय सदस्य ललित बहादुर घलान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज विवेक राई, नेकपा माओबादी केन्द्रका नेता भगीरथ नेपाल, नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर समिति अध्यक्ष तिर्थबहादुर थापा मगर, नगर सदस्य सुवास थापा, अनेरास्ववियू (क्रान्तिाकरी) जिल्ला समिति मकवानपुरका अध्यक्ष बुद्धराज अर्याल, जिल्ला कोषाध्यक्ष अनिल बसेल लगायत अन्यको अतिथि रहेको थियो ।

माओवादी केन्द्र १२ नं. अध्यक्ष रामहरि पोखरेलको सभाध्यक्षमा कार्यक्रम संचालन नवराज घलानले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*