रित्तो भयो देश

तामसालिङ खबर
१ आश्विन २०८१, मंगलवार ०९:३८

✍️शंकर सिंह ठकुरी

रित्तो भयो देश
खाली छ शहर
दिउँसै सुनसान भएको छ गाउँ वस्तिहरू
बन्द भएका छन् ठुलठुला पसलकाे सटरहरु

बाँजाे छ खेत वारि
बन्द हुदै छ कलेज
बृद्धअबश्थामा रेखदेख गर्ने आफना छैन
बिरामी हुदा अस्पताल पु-र्याउने सहारा छैन ।

विदेशीने लहर चल्दा परिवारमा बिग्राेह भएको छ
बृद्ध र बालबालिकाका बेसहारा भएका छन्
विवाह गर्न वर बधु पाउन मुस्किल छ
जिउदाकाे जन्ती र मर्दाकाे मलामी पाउन मुस्किल छ ।

मेलापात , सामाजिक काममा मानिसको अभाव छ
चाडपर्व रितिरिबाजमा खुसियाली पाउन मुस्किल छ
परिवार बिग्राेहकाे कारण धेरै ठुलो चुनाैति थपिएको छ
हाम्राे सामाजिक सम्बन्धहरु दिनप्रतिदिन धाेस्त हुदै छ ।

त्यसैले गर्दा हिजोआज देश रित्तो छ । दिनप्रतिदिन खालि हुदै छ
धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*