मकवानपुर जिल्ला लिगः महाबिर युबा क्लब लाई हराउदै रियल स्टार युबा क्लबको जित

तामसालिङ खबर
१९ भाद्र २०८१, बुधबार ०७:१०

हेटौंडा । १८भाद्र/ जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार रियल स्टार युबा क्लब हेटौंडा १२ पदमपोखरी रमन्टार र महाबिर युबा क्लब बिच खेल सम्पन्न भएको छ ।

गौरीटारमा भएको दोस्रो खेलमा रियल स्टार युबा क्लबले महाबिर युबा क्लब लाई ६-० ले हराएको रियल स्टार युबा क्लबका अध्यक्ष दिनेश चौलागाईंले जानकारी दिए ।

त्यस्तै सिमलटार मैदानमा भएको दोस्रो खेलमा रियल स्टार युबा क्लब हेटौंडा १२ पदमपोखरी रमन्टारले महाबिर युबा क्लबलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*