राक्सिराङ्गमा मोतियाबिन्दु बिरामीको निशुल्क शल्यक्रिया

तामसालिङ खबर
१७ असार २०८१, आईतवार २०:३८

असार, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मोतियाबिन्दु लागेका ७० जनाको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेको बिरामीहरुको आइतबार चैनपुरमा रहेको प्रजा जागृति माध्यमिक बिद्यालयमा निशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतियाबिन्दु बिरामी ९५ बर्षिय मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया शुरुभएको थियो । शिविरमा ५ सय ७८ जनाले आँखाको परिक्षण गरिएको थियो भने ८५ जनाको मोतिबिन्दु फेला परेको र सम्पर्कमा आएको ७० जनाको शल्यक्रिया भएको हेटौडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक डा. सुशील कुमार सिंहले जानकारी दिनुभयो। हेटौंडा सामुदायिक आँखा अस्पतालका ११ जना विशेषज्ञ डाक्टरहरुले मोतियाबिन्दु बिरामीको शल्यक्रिया गरिएको थियो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको व्यबस्थापनमा नि:शुल्क आँखा शिविर गत असार १२ देखि १५ गतेसम्म सन्चालन भएको राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताउनुभयो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ प्रशासक सतिश बिष्ट, स्वास्थ्य मन्त्रालयका डाक्टर खगेश्वर गेलाल, डाक्टर नबिन दर्नाल, राक्सिराङ्ग आधारभूत अस्पतालका डाक्टर मेगनेहर श्रेष्ठ, हेटौडा सामुदायिक आँखा अस्पतालका डाक्टर सुशील कुमार सिंह, राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरी लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*