बिभिन्न पार्टी परित्याग गरी हेटौंडा १८ मा १०० भन्दा बढी माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
१६ असार २०८१, शनिबार २१:२४

हेटौडा । १५, असार/ हेटौंडा १८ मा बिभिन्न पार्टी परित्याग गरी १०० भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले टीका खादा लगाई स्वागत गरेकी हुन् ।

मोक्तानले माओवादी केन्द्रको नेतृत्वमा ऐलेको समावेशी ब्यवस्था आएको र यो ब्यवस्थाले सबै जनताको हक, हित र अधिकार स्थापित गरेको बताईन् ।

प्रवेश गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, जनता समाजवादी पार्टी परित्याग गरी बिभिन्न नेता कार्यकर्ताहरु रहेका छन् ।

प्रवेश गर्नेहरुमा हेटौंडा १८ का निमप्रसाद बि.क., संगीता पहेली, तेजबहादुर स्याङतान, सीता नगरकोटी, बिसश्मिता बयलकोटी, राजेश स्याङतान, निरमाया स्याङतान, कञ्चन नेगी, बिमला बम्जन, रबिन्द्र बराईली, प्रशान्त बराईली, सुमन थापा, सुजन घलान, अनिष बिष्ट, युनिक मगर, जीवन लामा, श्रीजन पराजुली, आशिष लामा थिङ, सम्झना बिश्वकर्मा, सीता बिक, फुर्वा लामा नेगी, सुरेश बयलकोटी, सुकुमाया वाईबा, वसन्त थिङ, अजय भोम्जन तमन्ना बिश्वकर्मा, मजिष पहेली लगायत रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम्, प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, शुभरत्न गोले, जिल्ला कमिटी संयोजक भीम पाख्रिन, सचिव बीर बहादुर घलान (ज्वाला), जिल्ला सदस्य महेश सिग्देल, हेटौडा उपमहानगर कमिटी अध्यक्ष तीर्थ बहादुर थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*