अखिल (क्रान्तीकारी) बकैया गाउँपालिका अध्यक्षमा सागर श्रेष्ठ

तामसालिङ खबर
११ जेष्ठ २०८१, शुक्रबार २१:०१

हेटौंडा । ११ जेठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) बकैया गाउँपालिकाको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

सम्मेलनले सागर श्रेष्ठको अध्यक्षतामा बकैया गाउँपालिकाको कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा सविन खड्का, विसाल नेपाल सचिवमा दिपेश घिमिरे सह सचिवमा अदित्य न्यासुर, विशेषता कार्की कोषाध्यक्षमा सपना थिङ चयन भएका छन् । त्यस्तै पदाधिकारी सहित ४१ सदस्य समिति गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य ललित बहादुर घलानको प्रमुख आतिथतामा सम्पन्न सम्मेलनमा घलानले विद्यार्थीहरुलाई प्राविधिक शिक्षा उपलब्ध गराउन पर्ने र क्षमता विकास गर्नपर्ने बताए ।

सम्मेलनमा पशुराम गौतम विद्यालय सन्चालक समिति अध्यक्ष, विमल नेपाल, नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका सचिव विष्णु नेगी, रामकृष्ण शिवाकोटी अखिल क्रान्तीकारी बागमती प्रदेश सचिव, राजेन्द्र मोक्तान अखिल क्रान्तीकारी मकवानपुर जिल्ला सह-सचिव, बुद्धराज अर्याल अखिल क्रान्तीकारी मकवानपुर जिल्ला कोषाध्यक्ष, कुशुम माझी वाइसिएल नेपाल बकैया कोषाध्यक्ष, छोईसाङ लामा मकवानपुर बहुमुखि क्याम्पस स्ववियु सभापति, सुजन सिलवाल स्ववियु सदस्य, राहुल डिम्डुङ स्ववियु सदस्य, अनिल बसेल अखिल क्रान्तीकारी मकवानपुर विद्यार्थी स्वयमसेवक दस्ता सम्योजक, मिनेश पुडासैनी अखिल क्रान्तीकारी हेटौंडा उपमहानगर कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन दिपक वाइवाले गरेका थिए भने कार्यक्रममा ७० जनाको उपस्थितिमा समिति चयन गरिएको हो । सम्मेलन बकैया गाउँपालिका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*