पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

तामसालिङ खबर
२ जेष्ठ २०८१, बुधबार २०:५१

हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*