बागमती प्रदेश युवा परिषद्ले हेटौंडामा आजबाट नि:शुल्क सीप मुलक तालिमहरु संन्चालन गर्यो

तामसालिङ खबर
२७ बैशाख २०८१, बिहीबार २१:२७

हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले नि:शुल्क सीप मुलक तालिम आज देखि हेटौंडामा समुदघाटन समारोह गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती मकवानपुरले विभिन्न क्षेत्रको सीपमुलक तालिमहरु आज देखि समुदघाटन गरेको छ ।

प्रदेश युवा परिषद हेटौंडाले कुक, फेसन डिजाईनर, टेलरिङ्ग, ब्युटिसियन, मन्टेश्वरी, मोबाइल फोन मर्मत, बिल्डिङ इलेक्ट्रिसियन लगायतका ७ तालिमहरु संन्चालनमा ल्याएको हो । तालिम ३९०,१६० घन्टे रहेको छ । जिल्ला युवा समिति मकवानपुरमा तालिम प्रदायक संस्थाहरु वर्ल्ड लिङ्ग टेक्निकल ट्रेनिङ इन्ष्टिच्यूट प्रा.लि, ट्रेनिङ सेन्टर नेपाल प्रा.लि, युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि, नवरत्न टेक्निकल ट्रेनिङ इन्ष्टिच्यूट प्रा.लि, एशोसिएट नेपाल सिनर्जी प्रा.लि लगायतले तालिम प्रदान गर्ने भएको छ ।

कार्यक्रम प्रमुख अतिथि ललित बहादुर घलानले सीपमुलक तालिम लिएर यसको राम्रो सदुपयोग गर्न समेत आग्रह गरेका छन् । सिप सिकेपछी कुन व्यवसाय कहाँ गर्ने र त्यसको बजार डाटा बेसमा अध्ययन अवलोकन गरेर मात्र व्यवसाय गर्न समेत बताएका हुन् ।

वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित तालिम सन्चालन गरेको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ललित बहादुर घलान जिल्ला समवन्वय समिति मकवानपुर प्रमुख, विशिष्ट अतिथिमा रमेश घिमिरे प्रदेश युवा परिषद कार्यलय प्रमुख, ज्ञान बहादुर भुर्तेल १४ नं गण सशस्त्र प्रहरी उपरीक्षक, नविन सिग्देल हेटौंडा उपमहानगरपालिका वडा नं ४ वडा अध्यक्ष लगायत अन्य अतिथि रहेका थिए । कार्यक्रम जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*