तरकारी खेतीको लागि कृषि समूहलाई सामग्री वितरण

तामसालिङ खबर
९ फाल्गुन २०८०, बुधबार १७:२३

फाल्गुन, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले तरकारी खेतीको लागि आवश्यक कृषि सामग्री वितरण गरेको छ । बुधबार गाउँपालिका परिसरमा एक कार्यक्रमका बीच मिलिजुली कृषक समुहलाई तरकारी खेतीका लागि आवश्यक विभिन्न कृषि सामग्री वितरण गरेको हो ।

तरकारी खेती प्रबर्द्धन कार्यक्रम अन्तर्गत राक्सिराङ्ग गाउँपालिका ५ नम्बर वडाको मिलिजुली कृषक समुहलाई टनेल प्लास्टिक ११ थान, थोपा सिचाई १० सेट, ग्रीन नेट १० थान, मल्चिङ्ग प्लाष्टिक ५ थान, स्प्रे पम्प १० थान वितरण गरिएको छ।

सामग्री वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले तरकारी उत्पादनबाट जीवन निर्वाहको लागि सहज वातावरण बन्ने बताउनुभयो।
तपाईहरु यही सामग्रीको प्रयोग गरि आर्गानिक तरकारी उत्पादन गर्दै जानुहोस्, बिक्रीवितरणको लागि टाढा जानु पर्दैन । हाम्रै कृषि हाटबजार छ त्यहा खपत हुन्छ । उत्पादनलाई बढाउदै गर्नु थप आवश्यक कृषि सामग्री र प्राबिधिकको व्यवस्था हामी गर्छौ, उहाँले भन्नु भयो।

तरकारी उत्पादन अबधिभर निरन्तर प्राबिधिक सेवा प्रदान गरिने कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार उक्त कार्यक्रम मार्फत ३ वटा कृषि समूहका ३० भन्दा बढी कृषकहरु लाभान्वित हुने छ । थप २ वटा कृषि समूहलाई चाडै सामग्री वितरण गरिने जनाएको छ ।

वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजा, कृषि शाखाका संगम बिश्वकर्मा, कृष्ण डुम्रे लगायतका सहभागी रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*