महिला अधिकारकर्मी २-० ले बिजयी

तामसालिङ खबर
२ फाल्गुन २०८०, बुधबार १९:१८

फाल्गुन, हेटौंडा – रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी भएका छन् । हेटौंडा–५ स्थित क्याम्प रंगशालामा भएको खेलमा महिला पत्रकारलाई २–० ले हराउँदै महिला अधिकारकर्मी विजय भएको हो ।

महिला अधिकारर्कीको तर्फबाट पहिलो गोल गैर सरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गरेकी थिईन् । त्यस्तै महिला अधिकारकर्मीको तर्फबाट सुनिरा लामाले दोश्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै महिला अधिकारकर्मीले नगत ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । उपबिजेता भएका महिला पत्रकार टोलीले पनि प्रमाण पत्र प्राप्त गरेका छन् ।

रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा गैर सरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठक, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*