कैलाश गाउँपालिकाकाे १३ ओैं अधिवेशन सम्पन्न

तामसालिङ खबर
४ फाल्गुन २०८०, शुक्रबार १८:३९

फाल्गुन, हेटाैंडा – मकवानपुरकाे कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन सम्पन्न गरेकाे छ । गाउँसभाकाे अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्ने लगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएकाे छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेकाे बजेट तथा याेजना संशाेधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएकाे याेजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेकाे थियाे । गाउँसभामा उपाध्यक्ष मल्लले चालू आर्थिक बर्षमा १ कराेड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकाेमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएकाे बताए ।

गाउँपालिकाले चालू आवमा २७ कराेड ६४ लाख रुपैयाँ बजेट विनियाेजन गरिएकाेमा गाउँसभामा २८ कराेड ५१ लाख रुपैयाँकाे संशाेधित अनुमान प्रस्तुत गरिएकाे थियाे । त्यस्तै गाउँसभामा गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले पेश गरेकाे नामटार कालिकाटार सडक आयाेजनाकाे भेरियसन सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएकाे छ ।

अधिवेशनकाे अवसरमा विभिन्न क्षेत्रमा याेगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएकाे छ । कैलाश गाउँपालिकाकाे वृहत्तर हित, प्रगतिशिल विकास र सुशासनकाे सवालमा पत्रकारिताकाे माध्यमबाट याेगदान गरेकाे भन्दै प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएकाे छ ।

त्यस्तै कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनाैट गरी नगद पाँच/पाँच हजार रुपैंयासहित सम्मान गरिएकाे छ । यस्तै राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० काे हाइजम्पतर्फ स्वर्ण पदक विजेता गाेमा बर्ताैला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएकाे छ ।

एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने साेहि विद्यालयकी निर्मला हिम्डुङ र एसइई परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ काे कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादव समेत सम्मानित भएका छन् ।

यस्तै गएकाे आर्थिक वर्षकाे उत्कृष्ट उपभोक्ता समितिकाे रुपमा कैलाश वडा नम्वर १ काे क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*