पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ वृद्धि
फाल्गुन, काठमाडौ – नेपाल आयल निगमले बिहीबार रातिबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
मूल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १६९ पचास पैसा, दोस्रो वर्गमा रु १७१ र तेस्रो वर्गमा १७२ पुगेको छ भने डिजेल र मट्टितेलको पहिलो वर्गमा रु १५७ पचास पैसा, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ।
त्यसैगरी निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ । भारतबाट तेलको मूल्य बढेर आएकोले नेपालमा इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।