च्याउको परिकार चाखौ, मनहरी महोत्सवमा

तामसालिङ खबर
१७ माघ २०८०, बुधबार १४:२७

माघ, हेटौडा (मनहरी) – मेला महोत्सबमा कमै देखिने कृषि उत्पादन हो, च्याउ । यसपटक पाँचौ संस्करणको मनहरी महोत्सवमा च्याउको बिक्री स्टल सहित च्याउबाट विभिन्न परिकारका परिकारहरु राखिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको सहयोगमा मनहरी ३ लामिटारको ईन्द्रकमल वहुउद्देश्यीय कृषि फार्मले महोत्सवमा च्याउको प्रदर्शनी सहित त्यसबाट बन्ने बिभिन्न परिकारहरु विक्री वितरणमा राखिएको हो ।

पश्चिम मकवानपुर मै व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएका ईन्द्रकमल वहुउद्देश्यीय कृषि फार्मका सञ्चालक उमेश गौतमका अनुसार महोत्सवमा विभिन्न च्याउ खेती गर्ने तरिकाहरु सहित प्रदर्शनीमा राखिएको छ । ‘सुरुदेखि नै गोव्रे च्याउ फलाउने तरिकाको विषयमा हामी प्रत्यक्ष प्रदर्शन गर्नेछौँ’, सञ्चालक गौतमले भन्नुभयो ,”यस बाहेक वेस्टर प्रजातीको च्याउ, कन्ने(पराले) च्याउ लगायतका च्याउहरु पनि प्रदर्शनमा राखेका छौँ’ ।

मंगलबार पहिलो दिन विभिन्न प्रजातीका च्याउहरुको प्रदर्शन मात्र गरीएकोमा बुधबार आजदेखि उक्त च्याउबाट बन्ने विभिन्न परिकारहरु च्याउको मःमः, छोयला, पकौडा, साँधेको अचार, च्याफाली लगायतको स्वाद लिन पाइने सञ्चालक गौतमले जानकारी दिनुभयो ।

माघ १६ गतेदेखि मनहरी पुलको उत्तरी क्षेत्र तर्फको बगरमा शुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्ने छ। १२ दिन चल्ने महोत्सवमा ६० हजार जनाले अवलोकन गर्ने अनुमान छ भने कृषि र स्थानीय उत्पादनहरुको प्रशस्त स्टलहरु रहेका छन् । बाल उद्यानको व्यवस्थापन समेत आयोजकले गरेको छ । महोत्सवमा प्रवेश गर्नका लागि टिकट दर ७० रुपियाँ तोकिएको छ भने विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*