दादुरा-रुवेला विरुद्धको खोप अभियान संचालन हुने

तामसालिङ खबर
१६ माघ २०८०, मंगलवार ११:२९

माघ, काठमाडौं – सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभर दादुरा-रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।

सरकारले दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म उक्त अभियान संचालन गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।
करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*