हेटौंडा उपमहानगरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
माघ, हेटौडा – मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न १४ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा २० स्वर्ण १० रजत र २० कास्यसहित हेटौंडा प्रथम भएको हो ।
प्रतियोगितामा १२ स्वर्ण १० रजत र ९ कास्यसहित बकैयाँ गाउँपालिका दोस्रो भयो । भने, ९ स्वर्ण ९ रजत ९ कास्यसहित थाहा नगरपालिका तेस्रो भयो ।
प्रतियोगितामा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य र मनहरी गाउँपालिकाले १ रजत र ३ कास्य जित्न सफल भएको छ । प्रतियोगितामा राक्सिराङ गाउँपालिकाले भने कुनै पनि पदक प्राप्त गर्न सकेन ।