सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने पहिलो पालिका बन्यो, भीमफेदी गाउँपालिका

तामसालिङ खबर
१३ माघ २०८०, शनिबार १८:०४

माघ, हेटौडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।

सामाजिक सुरक्षा योजनाको शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँले पालिकाले गरेको काम सराहनीय भएको बताउनुभयो । उहाँले कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई राहत पुग्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।

योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न् । सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ गाउँपालिका पहिलो रहेको थियो तर कार्यन्वनमा भीमफेदी गाउँपालिकाले इतिहास रचेको छ । गाउँपालिकाले यो योजनालाइ सफल बनाउनलाई चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*