सबै कम्युनिष्ट दलहरुको एकता जरुरी छ – महासचिब गुरुङ

तामसालिङ खबर
८ माघ २०८०, सोमबार १९:५०

माघ, हेटौडा (बागमती) – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका महासचिब देब गुरुङले सबै कम्युनिष्ट पार्टीहरु एकता भएर मात्र देशको समृद्धी सुनिश्चितता गर्न सकिने बताउनुभएको छ । अन्तिम पटक युद्ध भएको स्थान मकवानपुरको झुरझुरेमा सोमबार पुर्ब पि.एल.ए मकवानपुरको आयोजनामा भएको कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता गुरुङले अब छिटो नै माओबादीबाट टुक्रिएका दलहरुको एकता हुने बताउदै उहाँले अब सबै कम्युनिष्ट दलहरु एकै झण्डामा उभिनुपर्ने अबस्था रहेको समेत बताउनुभयो । झुरझुरेमा भएको अन्तिम युद्धको स्मरण गर्दै उहाँले यस स्थललाई युद्ध पार्क बनाएको बागमती गाउँपालिकालाई धन्यवाद दिंदै पार्कको ब्यबस्थापनमा ध्यान दिएर संग्रहालय बनाउन समेत सुझाउनुभयो ।

त्यसैगरी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसंग सांटेर ल्याएको ब्यबस्था जनताको लागि भएको भन्दै जनताको अबस्था बदल्न सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले युवा, महिला, घाईते लगाएतको लागि बागमती प्रदेश सरकारले कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीले शहिदको रगतले लेखिएको ईतिहास जोगाउन र जनताको लागि ल्याइएको परिबर्तनको महशुस गराउन अझै कामहरु बाँकी रहेको बताउनुभयो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले परिबर्तनको लागि गरिएको बलिदानीको ईतिहास कायम राख्न काम गरिरहेको बताउनुभयो । उहाँले झुरझुरेको युद्ध क्षेत्रलाई पार्कको रुपमा विकास गरिने समेत बताउनुभयो ।

कार्यक्रममा पुर्ब लडाकुहरुको उपस्थिती रहेको थियो भने युद्ध भैरहेको समयमा जन्मिएका युद्धबिर बैजुको जन्मदिन समेत मनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*