चित्लाङ स्वास्थ्यचौकी भवन निर्माणको समिक्षा

राज कुमार के.सी.
२० पुष २०८०, शुक्रबार ०६:१०

पौष, हेटौडा (थाहा नगर) – थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरपालिका वडा नम्बर ९ मा निर्माणाधीन चित्लाङ स्वास्थ्यचौकी भवनको प्रगति विवरण तथा समिक्षा बैठक बिहिबार सम्पन्न भएको छ ।

बैठकमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले स्वास्थ्यचौकी भवन गुणस्तरी रुपमा समयमै निर्माण कार्य सम्पन्न हुनेमा बिश्वस्त रहेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीको दिगो संचालन गर्नको लागि निर्माण भइरहेको भवन प्रभावकारी हुने बताउनुभयो ।

साथै च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले भवन निर्माण सम्पन्न भए पश्चात् स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा र सुबिधा गुणस्तरीय बनाउन नगरबाट थप योजना बनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य चौकीबाट बिषेशज्ञ सहितको सेवा प्रदान गर्न सक्ने योजना भएमा‌ च्वाइस नेपालको तर्फबाट आवश्यक औजार तथा उपकरण सहयोग गर्न सकिने बताउनुभयो ।

बैठकमा कार्य समिक्षा प्रस्तुतिकरण गर्दै च्वाइस नेपाल पालुङ टिम लिडर प्रताप घिमिरेले स्वास्थ्यचौकी भवनको निर्माणमा करिब ६५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

च्वाइस जिल्ला संयोजक सुकराम दुलालले सहजिकरण गर्नुभएको बैठकमा कार्य प्रगति बिवरणको प्रस्तुतिकरण च्वाइस नेपाल ङन्जिनियर प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राज कुमार बलामीको अध्यक्षतामा भएको समिक्षा बैठकमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष राजिव नापित लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाखका साथै बाँकी रकम थाहा नगरपालिका र स्थानीय जनश्रमदानबाट लगानी हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*