रत्न राज्यलक्ष्मी क्याम्पसको बिए तहमा नेपाल भाषा विषयकाे दरबन्दीकाे माग

तामसालिङ खबर
३० मंसिर २०८०, शनिबार ०७:१९

मङ्सिर, काठमाडौं – रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता, शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा छलफल भएको छ ।

बिहिबार भएको कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा भर्ना भएका विद्यार्थीहरु टुलुटुलु हेरिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । सो छलफलमा नेपालभाषा शिक्षिका सृमिला सुवालले आफूले नेपालभाषा विषय बचाउनका लागी सुरुको शैक्षिक सत्र निशुल्क अध्यापन गराएको अवगत गराउँदै आगामी दिनमा नेपालभाषाको लागी अझै पनि भोलियन्तर गर्न तयार रहेको छ ।

उपत्यकाको नं १ मानविकी क्याम्पसमा अरु खाली कक्षा हुँदा पनि सधैं ताला मारी राख्ने तर नेपालभाषा अध्ययनरत विध्यार्थीहरूलाइ कक्षा अभावले बि.ए. प्रथम, द्वितीय, तृतीय र चौंथौं वर्षको सबै कक्षा एउटै कक्षामा मर्ज गरेर लिनुपर्ने बाध्यता र लाजमर्दो अवस्था रहेको र सो समस्या क्याम्पसले चाडै अन्त्य गर्नु पर्ने माग राखे । यस बर्षको नयाँ सत्रमा तीन जना विध्यार्थी भर्ना भएको अवगत गराउँदै देशको संविधान कानुन अनुसार मातृभाषाबाट अध्ययन गर्न पाउने जनाउँदै तथा नेपालभाषा विषय लिएर भर्ना हुने विध्यार्थी अझै रहेको जनाउँदै यथासिघ्र नेपालभाषा विषयको कक्षा सञ्चालन गराउनु पर्ने तथा बि.ए. तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग राखे नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जनाए ।

तीनजना नेपालभाषाका विध्यार्थीहरूले अध्यापनबाट बन्चित भएको बिषयलाई लिएर नेपालभाषा अभियान्ता अमर डंगोलले देशको कानून तथा सांविधान तथा प्रादेशिक स्तरमा नेपालभाषा र तामांग भाषा अहिले अनिवार्य रुपमा कामकाजीको भाषाको भएको आधारमा एक जना मात्रै नेपालभाषा अध्ययन गर्ने भए पनि क्याम्पसले नाफा मात्रै कमाउने दृस्ठिकोण परिवर्तन गरि विध्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्नु पर्ने जनाए ।

क्याम्पसका सहायक प्रमुख राम कार्कीले बिए नेपालभाषा विषयमा शिक्षकको माग आफुहरुले बारबार त्रिवि संग शिक्षक दरबन्दी माग गरेको भएता पनि कुनै जवाफ अहिले सम्म नआएको धारणा राखे ।

नेपाल भाषा अभियान्ता हेराकाजी डंगोलद्वारा बहुभाषा धर्म बहुसंस्कृतिको विविधता युक्त नेपालमा संसारमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको भाषा लिपि संस्कृतिको जगेर्ना गर्ने कार्यमा सरकारी क्याम्पसले नाफा घाटा भन्दा पनी बागमती प्रदेशले कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउन सर्वसहमत रुपमा पारित गरेको नेपालभाषालाई रत्न राज्यलक्ष्मी क्याम्पसले स्थगन गरेको अस्वभनिय रहेको र यथाशिघ्र अध्यापन सुचारु गर्न प्रशासनलाई सचेत गराउनुभयो ।

छलफल कार्यक्रममा क्याम्पसका प्रमुख जीवनधर ज्ञवालीले सहभागी नेपाल भाषा अभियान्ताहरुको योगदानको प्रशंसा गर्दै केही प्रसाशनिक त्रुटिका कारण नेपालभाषा अध्यापन स्थगन भएको र पुष १ गतेदेखि पुन अध्यापन सुचारु हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*