बंश गोपालमा स्वास्थ्य शिबिर

तामसालिङ खबर
२३ मंसिर २०८०, शनिबार १४:१४

मंसिर, हेटौडा – रोटरी क्लब अफ मकवानपुरले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । हेटौंडा-६ स्थित बंशगोपाल माध्यमिक विद्यालयमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अन्जनी कुमार पराजुलीको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा- ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो।

निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ६ जना स्वास्थ्यकर्मीको टिमले ५ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्र्याक्ट क्लब अफ मकवानपुर र सिटिजन बैंकको सहयोग रहेको थियो ।

जसमा सामान्य चिकित्सा, नाक कान घाँटी, जनरल सर्जरी, नसा तथा हाडजोर्नी, दाँत सम्बन्धी रोगको साथै मधुमेहको नि:शुल्क रक्त परीक्षण गरिएको पराजुली जानकारी दिए । परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई निको अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*