भूकम्प प्रभावितलाई सहयोगका लागि पालुङ जेसीज सक्रिय

तामसालिङ खबर
२० कार्तिक २०८०, सोमबार ०६:३९

कार्तिक, हेटौडा (थाहानगर) – शुक्रबार मध्यरात जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पीडितहरुलाई राहतको लागि नेपाल जेसीजले थालेको राहत संकलन अभियानमा पालुङ जेसीज पनि सक्रिय रुपमा सहभागि हुने भएको छ ।

पालुङ जेसीजले आईतबार एक सूचना जारी गर्दै पीडितहरुलाई राहत, उद्धार र घाईतेहरुको उपचारको लागि आवश्यक सहयोग गर्नका लागि सबैमा अनुरोध गरेको छ । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसीजको मूल मर्मलाई आत्मसाथ गर्दै बिपतमा परेका नागरिकहरुलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।

पालुङ जेसीज बर्ष २०२३ मा स्थापना गरेको बिपत राहत कोषमा जम्मा भएको रकम र स्थानीय स्तरमा संकलन गरिएको रकम नेपाल जेसीज मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाईने कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो । सहयोग गर्न चाहनुहुनेहरुले मोबाईल नं. ९८५५०६९७३६ मा इसेवा वा खल्ती मार्फत रकम जम्मा गर्न सकिने महासचिव सञ्जय गोपालीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*