मार्क्सवादी अध्ययन प्रतिष्ठानको साधारण सभा

मकवानपुरबाट महासचिवमा लामिछाने, सदस्यमा के.सी. चयन
तामसालिङ खबर
१९ कार्तिक २०८०, आईतवार ०६:१७

कार्तिक, काठमाडौ – मार्क्सवादी अध्ययन प्रतिष्ठान नेपालको तेस्रो राष्ट्रिय साधारण सभा शनिबार काठमाण्डौको प्रज्ञा भवनमा सम्पन्न भएको छ।

सम्मेलनले आगामी दुई बर्षे कार्यकालको लागि दिनेश चौलागाईको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीराम खाईजु, महासचिवमा प्रल्हाद लामिछाने, कोषाध्यक्षमा रमा बोहरा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा राज कुमार के.सी., बिष्णु कुमार श्रेष्ठ, गोमा बास्तोला, रामजी आचार्य, पिताम्बर चौलागाई, संगिता श्रेष्ठ, गुणखर भट्टराई लगायत रहेका छन् ।

प्रतिष्ठानले मार्क्सवादी बिश्वबिद्यालय स्थापना गर्ने र बिद्यालय तहमा कक्षा ३ देखि १२ सम्म नैतिक शिक्षा, भ्रष्टाचार निवारण शिक्षा र व्यवसायिक शिक्षा अनिवार्य अध्ययन गर्न गराउन पहल गर्ने अध्यक्ष दिनेश चौलागाईले बताउनुभयो । प्रतिष्ठानले मार्क्सवादी अध्ययन, अनुसन्धान, बहस, अन्तरक्रिया, छलफल लगायतको गतिबिधि सञ्चालन गर्ने महासचिव लामिछानेले बताउनुभयो ।

लामिछानेले सातै प्रदेशमा प्रदेश स्तरको कमिटि बनाई प्रतिष्ठानको गतिविधि सातै प्रदेशमा अगाडि बढाउने बताउनुभयो । साधारण सभाको उद्घाटन संबिधान सभा सदस्य एवम् संबिधान मस्यौदा समितिका संयोजक खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।

साधारण सभामा नेकपा माओबादीका केन्द्रीय सदस्य लोकप्रसाद भुर्तेल, भोला सापकोटा, सल्लाहकार बुद्धिमान तामाङ, नेसपाका केन्द्रीय सचिव ईश्वर रिजाल, राजनैतिक बिश्लेषक सुभाष पोखरेल, दिनेश शर्मा, प्रधानता मासिकका प्रधान सम्पादक पविर्तन भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*