यसरी तिर्न सकिन्छ, बीमा अभिकर्ताको परीक्षा दस्तुर

तामसालिङ खबर
१९ कार्तिक २०८०, आईतवार ०७:३७

कार्तिक, काठमाण्डौ – बीमा अभिकर्ताको परीक्षाको लागि नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको वेबसाइट खोल्नुपर्ने छ । उक्त वेबसाइट खुलेपश्चात् मोबाइन नम्बर र पासवर्ड राख्ने बक्स खुल्नेछ । त्यसको तलपट्टी ‘गो टू रजिष्टर’ भन्ने अप्सनमा जानुपर्नेछ । यदि परीक्षार्थीले ‘ओटीपी’ प्राप्त गरेको छ, भने गो टू रजिष्टरमा क्लिक गर्ने र आफुलाई परीक्षा प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

ओटीपी प्राप्त भएपछि मोबाइल नम्बर र ओटीपी कोड राखेर भ्यालिडेट भन्ने बटन थिच्नुपर्नेछ । मोबाइल नम्बर र ओटीपी कोड म्याच भएमा नयाँ पासवर्ड सेट गर्ने पेज खुल्नेछ ।

त्यहाँ तोकिएअनुसारको पासवर्ड सेट गरी सबमिट गर्नुपर्नेछ । नयाँ पासवर्ड सेट भइसकेपश्चात् पूर्वनिर्देशित पेज खुल्नेछ । त्यसपछि त्यहाँ आफ्नो मोबाइल नम्बर र सेट गरिएको पासवर्ड राखेर लगइन गर्नुपर्नेछ । त्यसपछि एउटा वेलकम भन्ने ड्यासबोर्ड खुल्नेछ । उक्त ड्यासबोर्डको तलपट्टी रहेको इक्जामिनेसन भन्ने सबमेनुमा गई त्यहाँ रहेको मेक पेमेन्ट भन्ने अपसनमा जानुपर्नेछ ।

परीक्षा शुल्क ५०० रुपैयाँ राखेर त्यहाँ रहेको कनेक्ट आईपीएस र ईसेवामार्फत फि तिर्न सकिनेछ । कनेक्ट आईपीएस वा ईसेवामार्फत फी तिरिसकेपछि ब्याक टू लगइनमा गएर सोही प्रक्रियाअनुसार लगइन गरी परीक्षा दिने मिति लिनुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*