प्रेस युनियन मकवानपुरद्वारा ‘विचार यात्रा’ स्मारिका विमोचन

तामसालिङ खबर
३ कार्तिक २०८०, शुक्रबार २०:३०

कार्तिक, हेटौंडा – नेपाल प्रेस युनियन मकवानपुरले ‘विचार यात्रा’ स्मारिकाको विमोचन गरेको छ ।

युनियनले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै ‘विचार यात्रा’ स्मारिकाको विमोचन गरेको हो ।

प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको सभाध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व कार्यवाहक सभापति विष्णु लामिछाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाध्यक्ष सविन न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन, सञ्चारिका समूह, मिडिया नेपाल लगायत पत्रकारसम्वद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*