इजरायलबाट चाटर्ड फ्लाइट नहुने

पत्रपत्रिकाबाट
२८ आश्विन २०८०, आईतवार ०७:५८

असोज, काठमाडौं – अब इजरायलबाट चाटर्ड फ्लाइट नहुने भएको छ । इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइट मार्फत व्यवस्थापन गरिने भएको हो ।

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइट मार्फत ल्याउने सरकारले निर्णय गरेको थियो । सोही आधारमा शुक्रवार राति २५४ जना विद्यार्थीलाई स्वदेश फर्काइएको थियो ।

तर, अब भने चाटर्ड फ्लाइट नै गरेर उद्धार नगरिने भएको हो । नेपाल फर्किन चाहनेहरूलाई नियमित व्यवसायीक फ्लाइट मार्फत फर्किने व्यवस्था मिलाइने सरकारले जनाएको छ । हवाई टिकट भने सरकारले बेहोर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*