थाहानगरमा ७१ जनाकाे नि:शुल्क आँखा अप्रेशन

तामसालिङ खबर
२७ आश्विन २०८०, शनिबार १९:५७

असोज, हेटौडा (थाहा नगर) – थाहा नगरमा मोतिविन्दु देखिएका ७१ जनाको बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा २५ र २६ असाेजमा ७१ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जनाकारी दिए ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा ५ सय जनाले आँखा जाँच गराएका थिए । शिविर फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराही लगायतका स्थानमा भएको थियो । शिविरमा आँखा जाँच गराएका मध्ये ७३ जनामा मोतिविन्दु भेटिएको थियो ।

मोतिविन्दु भेटिएपश्चात् हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखाको शल्यक्रिया गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*