राहुल महरालाई थुनामा पठाउन आदेश

तामसालिङ खबर
२७ आश्विन २०८०, शनिबार ०६:३३

असोज, काठमाडौँ – भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुल सँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*